दफा १४
उद्योगको दर्ता खारेज गर्न निवेदन दिन सकिने
(१) कुनै कारणले उद्योग सञ्चालन गर्न नसकिने भएमा त्यस्तो उद्योगको दर्ता खारेजीको लागि उद्योग दर्ता गर्ने निकायसमक्ष तोकिए बमोजिमको कागजात सहित तोकिएको ढाँचामा निवेदन दिन सकिनेछ ।
तर प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्थामा सोही कानून बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा उद्योग दर्ता गर्ने निकायले सम्बन्धित उद्योगले आफ्नो दायित्व फरफारख गरेको र उद्योगको दर्ता खारेज गर्न उपयुक्त हुने देखिएमा तोकिए बमोजिम उद्योग दर्ता खारेज गरी सोको जानकारी निवेदकलाई दिनु पर्नेछ ।